बद्रीबहादुर’ नचले कलाकारिता छाड्ने जयकिशान बस्नेतको घोषणा

फिल्मी फण्डा । निर्देशक शोभित बस्नेत र नायक जयकिशन बस्नेत अभिनित र निर्मित फिल्म ‘बद्रीबहादुर’ देशव्यापी प्रदर्शन हुँदैछ ।

यसबारे जानकारी दिन बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन केही रोचक देखियो । जयकिशनले यो फिल्म नचले आफूले कलाकारिता छाड्ने समेत बताए ।

फिल्म छाड्ने घोषणा गर्दै जयकिशनले भने, ‘मैले निर्माण गरेका फिल्ममध्ये पछिल्लो फिल्म धुम ४ असफल भयो । असफलताको दुःख छ । यसपटक हँसाउने फिल्म निर्माण गरेको छु । यो फिल्म चलेन भने म कलाकारिता नै छोड्छु ।’

फिल्ममा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धीरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईं र निर्देशक बस्नेतले अभिनय गरेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech