दुई चिनियाँ संगीतकर्मीले लुम्बिनी शान्ति महोत्सवमा प्रस्तुति दिने

फिल्मी फण्डा । शुक्रबार र शनिबार आयोजना हुन लागेको पहिलो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवमा गायिका आनीछोइङ डोल्मासहित दुई चर्चित चिनियाँ संगीतकर्मीले प्रस्तुति दिने भएका छन् ।

चिनियाँ कलाकार लु निङ र उलान तुयाले फेस्टिभल अन्तर्गत हुने लुम्बिनी पिस कन्सर्टमा प्रस्तुति दिने काठमाडौंस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ ।

लु निङले गुकिन भनिने तीन हजार वर्षभन्दा बढीको इतिहास भएको प्राचीन चिनियाँ संगीत वाद्ययन्त्र बजाउनेछिन् । गुकिन बजाउँदा मानिसलाई प्रकृतिमा फर्काउन प्रेरित गर्ने र आत्मालाई शुद्ध गर्ने विश्वास लिइन्छ । लु निङले प्रशस्तै अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा समेत प्रस्तुति दिएकी छन् ।

महोत्सवमा चिनियाँ लोकगायिका उलान तुयाले पनि प्रस्तुति दिनेछिन् । उनको आवाजलाई घाँसेमैदानको स्वर्गीय आवाजको रुपमा पनि वर्णन गरेको पाइन्छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech