फिल्मी फण्डा । दयाहाङ राई अभिनीत फिल्म ‘डिग्री माइला’ नेपालसँगै अस्ट्रेलिया र अमेरिकामा पनि प्रदर्शनमा आउने भएको छ ।फिल्म डायस्पोरामा सेभेन सिज इन्टटेन्मेन्टले रिलिज गर्न लागेको हो ।
निर्माण युनिटका अनुसार फिल्म अस्ट्रेलियाका प्रमुख सहरहरू सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा प्रदर्शनमा आउनेछ । त्यस्तै अमेरिकाका ४० बढी सहरमा रिलिज हुँदैछ ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङको ‘डिग्री माइला’ चरित्रले दर्शकको ध्यान खिच्न सफल छ । फिल्ममा आँचल शर्मा दयाहाङको जोडीको रूपमा देखिनेछिन् । फिल्ममा दुवैको अन्तरजातीय प्रेम देख्न सकिन्छ ।
दयाहाङ र आँचलको अलवा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङलगायतको अभिनय रहेको फिल्ममा बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।