फिल्म  ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सुन्धाराको सिटीसी मलस्थित सिडिसी चलचित्र भवनमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । 

ट्रेलरमा फिल्मका कलाकार विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ लगायते स्थान पाएका छन् । ट्रेलर हेर्दा फिल्मले वैदेशिक रोजगारीको पीडा बोल्ने अनुमान गर्न सकिन्छ ।

भेनिस फिल्म फेस्टिभलमा दुई दुई वटा अवार्ड जित्न सफल ‘द रेड सुटकेस’ फिडेल देवकोटाको लेखन तथा निर्देशनमा तयार भएको हो । सौगात, विपीन र सृष्टि श्रेष्ठको अलवा फिल्ममा प्रवीण खतिवडाको पनि रोचक भूमिका छ ।

कार्यक्रममा अभिनेता सौगात मल्लले ‘रेड सुटकेस’ अहिले आएको फिल्म भन्दा निकै फरक भएको बताए ।

https://youtu.be/BC4-OANlS4Q?si=Ib7vSSePL9Rv9QqC

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech