जीतु नेपाल ‘ज्वाइँ साब’ बन्दै 

फिल्मी फण्डा । अभिनेता जीतु नेपाल ‘ज्वाइँ साब’ बन्ने भएका छन् । रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘ज्वाइँ साब’मा उनी केन्द्रीय भूमिकामा देखिने लागेका  हुन् ।

राजकुमार पण्डितको निर्माण रहने फिल्म सामाजिक कथावस्तुमा कमेडी शैलीमा निर्माण हुन लागेको हो । 

बसन्त निरौलाको निर्देशन रहने फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङ निर्माताको रुपमा रहनेछन् । सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद फिल्ममा रहनेछ । 

आउँदो वर्षको तिहारमा रिलिज लक्ष्य राखिएको फिल्मको वैशाख १५ गतेबाट छायांकन सुरु हुने बताइन्छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech