फिल्म 'डल्लेले इन्ट्री मार्यो'को फस्टलुक सार्वजनिक  

फिल्मी फण्डा । फिल्म “डल्लेले इन्ट्री  मार्योको फस्टलुक सार्वजनिक भएको छ । अपृल फुलको अवसर पारेर निर्माण टिमले फिल्मको फस्टलुक सार्वजनिक गरेको हो । 

यो फिल्म पुराना तथा चर्चित निर्देशक राजु गिरीले निर्देशन गर्दै छन ।  यो फिल्मको पटकथा तथा संवाद सबिन बस्तोलाले लेखेका हुन भने  निर्माता आशिक बस्नेत र आदर्श बस्नेत रहेका छन । यो फिल्ममा  संगीत बाबुल गिरीको रहने छ ।

यो फिल्ममा केहि पुरानो कलाकार र केहि नयाँ कलाकार रहने फिल्मका निर्देशक राजु गिरीले फिल्मी फण्डालाई बताएका छन । उनले अहिले कलाकारको छनोटको काम भईरहेको बताए ।  उनको अनुसार यो फिल्मी कमेडीसँगै लभस्टोरीमा आधारित रहने छ । फिल्म चाडैं छायांकनमा जाने निर्माण टिमले बताएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech