फिल्मी फण्डा । निर्देशक ऋषि लामिछानेलाई पितृशोक परेको छ। लामिछानेका बुवा रोमहर्ष उपाध्यायको शनिबार राति नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।
९० वर्षीय उपाध्याय केही समयदेखि अस्वस्थ थिए। उपाध्यायका ऋषिसहति पाँच छोरा छन्। निर्देशक लामिछाने साहिँला छोरा हुन्।