दबंग ४ ल्याउने तयारीमा सलमान खान 

फिल्मी फण्डा । सलमान खानले हालै फिल्म दबंग ४ को बारेमा जानकारी दिएका छन् । उनले आफू र अरबाज खानबिच कथामा सहमति भएपछि फिल्मको छायाङ्कन गरिने बताए । हाल कथाहरूमा दुवैको विचार नमिलेको उनको भनाई छ।

दबंग सिरिजको पहिलो फिल्म सन् २०१० मा रिलिज भएको थियो । दुई वर्षपछि सन् २०१२ मा फिल्म दबंग २ को दोस्रो भाग रिलिज भएको थियो । 

त्यसपछि ७ वर्षको लामो अन्तरालमा दबंग ३ सिरिजको तेस्रो भाग रिलिज भएको थियो । यी तीनै भागमा सलमान खान, सोनाक्षी सिन्हा र अरबाज खान देखिएका थिए । सोनाक्षीले फिल्ममा सलमानकी पत्नीको भूमिका निभाएकी छिन् । जहाँ अरबाज आफ्नो भाइको भूमिकामा देखिएका थिए ।

रविना टण्डनको फिल्म पटना शुक्लाको स्क्रिनिङका क्रममा सलमान खानलाई दबंग ४ को बारेमा सोधिएको थियो । यसमा सलमानले भने, ‘जब हामी दुबै भाइले (सलमान र अरबाज) एउटै स्क्रिप्ट लक गर्छौं, तब फिल्म आउँछ । अहिले भने अरबाजलाई केही अर्को बनाउनु छ, मलाई अरू केही गर्नुछ ।’

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech