किन एकअर्कासँग टाढिँदै छन प्रियंका र परिणीति ?

फिल्मी फण्डा । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला भारतमा छिन् । अमेरिकाबाट भारत आउनासाथ उनी चर्चामा छिन् ।  उनी भारत आएपछि होली पाटीमा उपस्थितिदेखि अयोध्यामा रामलिलाको दर्शन गर्ने कामसम्म पुरा गरिसकेकी छन् ।

हालैमात्र उनी आफन्त मन्नारा चोपडाको जन्मदिन पाटीमा पुगेकी थिइन् । प्रियंकाले मन्नाराको परिवारसँग भेटिरहँदा त्यहाँ परिणीति चोपडालाई भने भेटिनन् ।

परिणीतिलाई नै प्रियंकाले नभेटेपछि उनीहरुबीच सम्बन्ध बिग्रिएको चर्चा चुलिएको छ । उनीहरु निकटवर्तीका अनुसार प्रियंका र परिणीति एकअर्कासँग टाढिँदै गएका छन् ।

परिणीति र प्रियंका एकै सहरमा भएपनि उनीहरुले एकापसमा भेटघाट गरेका छैनन् । परिणीति प्रियंकासँग दुःखी छिन् ।

किनकी परिणीतिका विवाहमा प्रियंका नपुगेपछि प्रियंकासँग उनी दुःखी भएकी हुन् । यद्यपि प्रियंकाले परिणीतिको इन्गेजमेन्टमा भने उपस्थिति जनाएकी थिइन् ।

मन्नारा प्रियंकासँग नजिक छिन् । उनी प्रियंकालाई आफ्नो प्रेरणा मान्छिन् । मन्नाराले आफ्नो जन्मदिनमा प्रियंका र निक जोनासलाई निम्तो दिएकी थिइन् ।

तर उनले परिणीतिलाई भने बोलाइनन् । प्रियंकाको उपस्थिति हुने भएपछि मन्नाराले परिणीतिलाई निम्तो नदिएको निकट स्रोतले जनाएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech