‘खजुरे ब्रो’को पहिलो गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । फिल्म ‘खजुरे ब्रो’को पहिलो गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बिच  गीतको भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा फिल्मका मुख्य पात्र रियर राई, महेश त्रिपाठीको अलवा अन्य कलाकार पनि छन् । अनमोल गुरुङको शब्द तथा संगीत रहेको गीतमा संगीतकार अनमोल र अनुपम गुरुङको स्वर छ । 

वैशाख २८ गतेदेखि सार्वजनिक प्रदशर््नमा आउने फिल्मका लेखक–निर्देशक सुरज सुनुवार हुन् । फिल्मबाट मोडल नीति शाहले नेपाली रजतपटमा डेब्यू गर्दैछिन् । 

फिल्ममा नीति, रेयर तथा महेशका अलावा नविन मानन्धर, प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राई (कान्छी) लगायतको अभिनय देख्न सकिन्छ ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन् । अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माता रहेको फिल्मको डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech