फिल्मी फण्डा । निर्देशक दिनेश राउतले आगामी फिल्म ‘पुजार सार्की’को नयाँ क्यारेक्टर फोटो शनिबार सार्वजनिक गरेका छन् ।
तस्वीरमा फिल्मका शीर्षमध्येका अभिनेता पल शाहको लुक्स देख्न सकिन्छ । उनको पात्रको नाम मेघराज खत्री ‘मेगेजी’ राखिएको छ ।
तस्वीरमा मेगेजी पात्र बन्दुक बोकेर नदी किनारमा हिँडेको देखिन्छ । उक्त पात्र भादगाउँले टोपी, बाहुला नभएको कोट, कमिज र पाइन्टको पहिरनमा देखिन्छ ।
यो फिल्ममा प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली र परिक्षा लिम्बुको पनि अभिनय छ ।