राजु गिरीको नयाँ फिल्म “इश्वर” मांसिर १४ गतेबाट प्रदर्शनमा आउने

फिल्मी फण्डा । चलचित्र निर्देशक राजु गिरीको नयाँ फिल्म “इश्वर” को रिलिज मिति मंसिर १४ गते तोकिएको छ  ।  पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति तय गरेको हो ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने सिनेमाको मुख्य भुमिकामा ध्रुब थापा पहिलो पटक नेपाली चलचित्र मार्फत  रजतपथ  पाइला टेकेका छन साथै  नायिका अनु शाह  कृष्टि गुरुङ, सुनिल थापा,सबिन बास्तोला,नायक पृथ्वी राज प्रसाईं,माओस्य गुरुङ, ,रबिन्द्र झा,बुद्धि तामाङ शिशिर बाङ्देल,राजेन्द्र के सी  र गिता अधिकारीको अभिनय रहेको छ  ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा  निर्माता रहने सिनेमा अर्जुन पोखरेल राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । युके र अमेरिका पृमियर  गरेसी नेपालमा  गर्ने  तयारी गरिएको छ ।

सिनेमाको सम्पूर्ण छायाँकन काठमाडौं , पोखरा,मुस्ताङ लगायतका अन्य ठाँउमा भएको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech