फिल्मी फण्डा । रणवीर र आलियाले बान्द्रामा आफ्नो ड्रिम हाउस बनाइरहेका छन् । गएको एक वर्षयता यो घर बनाउने काम धमाधम भइरहेको छ । हालै मात्र रणवीर, आलिया र नितू कपूर घर बनिरहेको स्थानमा सँगै देखिएका थिए । बलिउड लाइफको रिपोर्टलाई पत्याउने हो भने रणवीर यो घर छोरी राहा कपूरको नाममा गर्न चाहन्छन् । यो घरमा कपूर दम्पतीले आफ्नो सारा कमाई खर्च गरिरहेका छन् । घर २ अर्ब ५० करोड भारुमा बनेर तयार हुने बताइएको छ ।
यो घर मुम्बईको सबैभन्दा महँगो ठाउँमा बन्दैछ । यो घर शाहरुख खानको मन्नत र अमिताभ बच्चनको जल्सासँगै मुम्बईको सबैभन्दा महँगो घर हुनेछ । रणबीरले घरको नाम छोरी राहाको नाममा राख्ने अनि घर पनि छोरीलाई दिने अनुमान बढिरहेको छ ।
यस्तो भयो भने राहा बलिउडको सबैभन्दा धनी स्टार किड बन्नेछिन् ।