पुष्पा २ अघि ३ को तयारी, नाम ‘पुष्पा ३ः द रोर’ हुने

फिल्मी फण्डा । सन् २०२१ मा रिलिज भएको ‘पुष्पा द राइज’ फिल्मको दोस्रो भागको छायाङ्कन सुरु भइसकेको छ । दोस्रो फिल्मको नाम ‘पुष्पा द रुल’ राखिएको छ । यसमा फहद फासिल र अल्लु अर्जुनले खेलेको पात्रहरूबिच कडा टक्कर देख्न पाइनेछ ।

पहिलो भागको अन्त्यमा दुई बिच ठुलो द्वन्द्वको संकेत दिइएको थियो । अब पुष्पा फ्रेन्चाइजको तेस्रो हिस्साको नाम पनि खुलासा भएको छ ।

हालै अल्लु अर्जुनले एउटा कार्यक्रममा पुष्पा फ्रेन्चाइजको तेस्रो भाग आउने खुलासा गरेका थिए । अहिले आएर चलचित्रको तेस्रो सिक्वेलको नाम ‘पुष्पा ३ः द रोर’ हुने बताइएको छ । पुष्पाको पहिलो फिल्मको नाम ‘पुष्पा द राइज’ थियो भने दोस्रो किस्ताको नाम ‘पुष्पा द रुल’ रहेको छ ।

बलिउड हंगामाको रिपोर्टका अनुसार अल्लु अर्जुन र निर्देशक सुकुमार ‘पुष्पा ३’ माथि चर्चा गरिरहेका छन् । यो महिनाको सुरुमा अल्लु अर्जुनले ‘पुष्पा’ फ्रेन्चाइजीको तेस्रो भाग आउन सक्ने बताएका थिए । एउटा कार्यक्रममा उनले फिल्मको तेस्रो भाग आउँछ भन्ने आशा गर्न सकिने बताएका थिए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech