आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह अभिनित फिल्म ‘पुजार सार्की’ जेठ ११ गते रिलिज हुने

फिल्मी फण्डा । अभिनेत  आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह अभिनित फिल्म ‘पुजार सार्की’ जेठको ११ गते रिलिज हुने भएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म हाल पोस्ट प्रोडक्शनमा रहेको छ । 

आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको फिल्ममा अभिनय रहेको छ ।

कास्कीको पोखरा नजिकै पर्ने कास्कीकोट गाउँ र आसपास छायाङ्कन गरिएको फिल्म विकास सुवेदीले लेखेका छन् । संगीतकार सुवास भुसालको निर्माण रहेको फिल्ममा भुसालकै सङ्गीत छ ।

यसरी हेर्दा जेठ ११ मा नेपाली तीन फिल्मको महाभिडन्त हुने निश्चित भएको छ । यसअघि जेठ ११ फिल्म ‘दान्भी’ले रिलिज मिति तोकेको छ भने एक दिन पहिले जेठ १० ‘फर्की फर्की’ रिलिज हुँदै छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech