हल्ला नगरि सुटुक्क विवाह गरिन अभिनेत्री तापसी पन्नुले


 
फिल्मी फण्डा ।  बलिउड अभिनेत्री तापसी पन्नुले विवाह गरेकी छिन् ।

एनडिटिभीमा प्रकाशित समाचार अनुसार उनले गत मार्च २३ मा आफ्ना प्रेमी र ब्याडमिन्टन खेलाडी मथियास बोसँग विवाह गरेकी हुन् ।

तापसी पन्नु र मथियास विगत १० वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए। तर, यो जोडीले लाइमलाइटबाट टाढै रहेर आफ्नो सम्बन्धलाई सधैं गोप्य राख्न सफल भए। अब, यो जोडी बैबाहिक जीवनमा बाँधिएको हो । सो विवाह उत्सव उदयपुरमा भएको थियो।

बैवाहिक समारोहमा तापसी र माथियासका परिवार मात्रै सहभागी रहेको थिए। उनीहरुले शिख र क्रिश्चियन परम्पराअनुसार बिहे गरेको बताइएको छ।

विवाहको खबरकाबीच तापसी र मथियासको विवाह स्थलमा निर्माता–लेखिका कनिका ढिल्लन र अभिनेत्री पावेल गुलाटीको तस्बिर सार्वजनिक भएको छ ।

रेडिटमा केही व्यक्तिहरूले तापसीकी बहिनी शगुन पन्नुको उदयपुरमा भएको विवाहको तस्बिर पनि सेयर गरेका छन्। तस्बिरमा तापसीसँग उन कोस्टार पावेल पनि थिए।

तापसीले एक अन्तर्वार्तामा मथियाससँगै आफ्नो पहिलो भेटे बलिउड फिल्म ‘चश्मे बद्दूर’को सुटिङको क्रममा भएको खुलाएकी थिइन्। माथियास बो डेनमार्कका ब्याडमिन्टन खेलाडी हुन्। 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech