फिल्मी फण्डा । अक्षय कुमार र टाइगर श्राफ अभिनित फिल्म ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ३१ सेकेण्ड लामो ट्रेलरमा भरमार एक्सन दृश्य समावेश छ । ‘सलार’ फेम्ड पृथ्वीराज सुकुमारन खलपात्रको भूमिकामा छन् ।
फिल्ममा अक्षय–टाइगर र पृथ्वीराजसहित मानुषी छिल्लर, अलाया एफ, सोनाक्षी सिन्हा र रोनित रोय पनि छन् । यसअघि यो फिल्म डिसेम्बर २०२३ मा रिलिज हुने तयारीमा थियो । अब यो इदको अवसरमा अप्रिल १० मा हलमा रिलिज हुँदैछ ।
राकेश (टाइगर) र फिरोज (अक्षय)लाई यो मनोरोगी खलनायकबाट देश बचाउने र हतियार फिर्ता ल्याउने मिसनमा लगाइन्छ । दुवैजना पात्र सैनिक पृष्ठभूमिबाट आएका हुन् र उनीहरुलाई यो लक्ष्यमा पाम (अलाय) र क्याप्टेन मिशा (मानुषी)ले मद्दत गर्छन् र यस ट्रेलरमा सोनाक्षी सिन्हाको पनि झलक छ ।
यो एक्सनप्रधान ट्रेलरको अन्त्यमा अक्षय र टाइगर एकअर्कासँग लडिरहेका पनि देखिएका छन् । फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । उनले ‘सुल्तान’ र ‘टाइगर जिन्दा है’ जस्ता फिल्म निर्देशन गरेका छन् । निर्माता ज्याकी भगनानी हुन् ।