फिल्मी फण्डा । फिल्म ‘वर एन्ड बधू’को छायाँकनको दोस्रो सेड्युल चैत्रको तेस्रो सातादेखि सुरु हुने भएको छ । पहिलो सेड्युलमा रोमानियामा ५० प्रतिशत छायाङ्कन सकिएको र दोस्रो सेड्युल नेपालमै छायाङ्कन हुने निर्माण टिमले बताएको छ ।
रोमान्टिक कमेडी कथामा तयार भएको फिल्ममा बधूको भूमिकामा नायिका आँचल शर्मा छिन् भने वरको भूमिकामा नव–नायक विवेक कर्माचार्य देखिँदै छन् ।
डाक्टर अमित रिजाल कार्यकारी निर्माता रहेको यो फिल्मलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो ।