फिल्म  ‘मेयर’को एक दृश्य छायाङ्कनको लागि ११ हजार जनता उपस्थित

फिल्मी फण्डा ।  फिल्म ‘मेयर’ को स्थानीय ११ हजार जनतामाझ छायाङ्कन गरिएको छ ।  एक दृश्य खिच्नका लागि ११ हजार जनता उपस्थित भएका थिए ।

निर्देशक दीपेन्द्र के खनालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन– ‘यो कुनै पार्टीको आमसभा होइन । यो त सिनेमा ‘मेयर’को छायाङ्कनको लागि आउनु भएका ११ हजार स्थानीयको माया हो । नेपाली सिनेमा निर्माणमा एउटा महत्त्वपूर्ण क्षण बनाइदिनु हुने सम्पूर्ण उपस्थित महानुभावहरूमा मेरो व्यक्तिगत तथा सम्पूर्ण टिमबाट हार्दिक आभार व्यक्त गर्दछु’, उनले लेखेका छन् ।

फिल्ममा खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरिरहेका छन् । उनको अपोजिटमा अभिनेत्री वर्षा राउत छिन् । पटकथा प्रडक्सनको ब्यानरमा बनिरहेको फिल्ममा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय छ । फिल्ममार्फत मेयर थापाकी छोरी अर्विशा थापाले अभिनयमा डेब्यू गर्दैछिन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech