फिल्मी फण्डा । राजु गिरिको लेखन तथा निर्देशनमा वेब सिरिज नेपाली 'इच्छाधारी नागिन' चर्चामा रहेको छ । यसले थोरै समयमा दर्शकको मन जितिसकेको छ ।ओएसआर सिरिज युटुब च्यानलबाट नेपाली इच्छाधारी नागिनको चौथो भाग सार्वजनिक गर्दै गिरिले यसबारे जानकारी दिएका हुन ।
यस सिरिजको पोस्ट प्रोडक्सन राजु गिरि प्रोडक्सनको रहेको छ भने प्रोडुक्सरमा काजल गिरि , शंकर गिरि, पुर्णकला गिरि, कंगणा गिरि र सरिता गिरि रहेका छ्न । सिरिजको लेखनमा गिरि स्वयम र अम्मु कालिराज रहेका छ्न ।
त्यस्तै सिरिजको कलाकारहरुमा राजु गिरि ,सबिन बास्तोला,गिता अधिकारी ,विनोद श्रेष्ठ, देव महर्जन,ओसिन भट्टराई,चन्द्र लामा,अन्जु हमाल, संगिता शर्मा सुस्मिता र देवराज आचार्य रहेका छ्न । सिरिजको कोरियोग्राफर रामेश्वर हुमागाई रहेका छ्न भने सम्पादन श्याम राज श्रेष्ठको रहेको छ ।
इच्छाधारी नागिनको चौथो भाग सार्वजनिक भएको छ जसले राम्रो भ्युज पाएको छ । यसअघि सार्वजनिक भएको पहिलो,द्रोस्रो र तेस्रो सबै भागले राम्रो भ्युज पाएको छ । अब आउने भागले अझै चर्चा पाउने निर्देशक गिरिको भनाई छ ।
https://m.youtube.com/watch?si=BYFzxaDHjQZcAUoY&v=2c3Y_jd3MoU&feature=youtu.be