फिल्मी फण्डा । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’को ट्रेलर रिलिजमा 'महाजात्रा'का कलाकारदेखि निर्मातासम्मले उपस्थिति जनाएका छन । 'महाजात्रा'का मुख्य कलाकार विपिन कार्की, रविन्द्र सिंह बानियाँ,रविन्द्र झालगायतले शुक्रबार कमलपोखरीस्थित ‘डिग्री माइलाको ट्रेलर रिलिजमा सहभागिता जनाएका हुन ।
यतिबेला 'महाजात्रा' नेपाल लगायत विदेशका विभिन्न हलहरुमा चलिरहेको छ र व्यापारिक सफलता पनि पाइरहेको छ । सोही अवसरमा फिल्मको निर्माण टिम र कलाकारहरु विभिन्न हल र कार्यक्रममा पुगेर प्रतिक्रिया लिरहेका छन ।
सोही क्रममा उनीहरु ‘डिग्री माइला को ट्रेलर रिलिजमा पुगेका थिए । त्यहाँ ‘डिग्री माइला को टिमले 'महाजात्रा'को टिमलाई सफल भईरहेको र अझ धेरै सफल हुन शुभकामना दिएको थियो ।