‘कमेडी च्याम्पियन’को कार दुर्घटनाः दुई जना डिस्चार्ज,चारजना उपचाररत

फिल्मी फण्डा । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिम चढेको कारण दुर्घटनामा परेको छ । बिहिबार बिहान ३–४ बजेतिर कार दुर्घटनामा परेको हो । कारमा ६ जना सवार थिए । 

कार अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको प्रहरीले जनाएको छ । नगरकोटबाट फर्किँदै गर्दा कार दुर्घटनामा परेको थियो । दुर्घटनामा शोका निर्देशक विशाल भण्डारीसहित अन्य ५ जना छन् । 

दुर्घटनामा घाइते भएका ६ जनालाई मध्यपुर ठिमी अस्पतालमा उपचारका लागि लगिएको थियो । जसमध्ये, निर्देशक विशाल भण्डारी र शोका सदस्य पूजन अधिकारी डिस्चार्ज भएका छन् । घाइते हुनेमा सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech