फिल्मी फण्डा । रामबाबु गुरुङ निर्देशित फिल्म डिग्री माइला को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।
करिब तीन मिनेट लामो फिल्मको ट्रेलरमा दया र आँचलको रमाइलो किस्सादेखि शिक्षा अनि बेरोजगारीको कथालाई दर्शाइएको छ ।
बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्ममा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय देख्न सकिन्छ । फिल्ममा अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिनेछ।
चैत ३० मा रिलिज हुने यो फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ ।
https://youtu.be/Sy5x1Nwm4mw?si=hFdVdrV8y2ycVvE7