शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर को ट्रेलरमा लभस्टोरी, ड्रामा, रोमान्स र एक्सन

फिल्मी फण्डा । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुरः मिस्टर संखुवासभा’को ट्रेलर सार्वजनिक भएको छ । लभस्टोरी, ड्रामा, रोमान्स र एक्सन मसला मिश्रण गराएको फिल्मको ट्रेलरमा बलिउड कमेडियन कपिल शर्माको भिडियो सन्देशलाई पनि समेटिएको छ । यो फिल्म चैत २३ गते प्रदर्शन तयारीमा छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा छन् ।

फिल्ममा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईं र निर्देशक बस्नेतले अभिनय गरेका छन् । एक गीतमा सलोन बस्नेत र पूजा शर्मा समेत फिचर्ड छन् ।

टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरेको लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन, रामजी राउत र ज्ञानकुमार कट्टेलको मुख्य सहायक निर्देशन तथा समीर मियाँको सम्पादन छ । फिल्मलाई काठमाडौं, लमजुङ, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech