फिल्मी फण्डा । फिल्म ‘पुजार सार्की’को छायाङ्कन सकिएको छ । दिनेश राउतको निर्देशन रहेको फिल्मको ४८ औँ दिनमा छायाङ्कन सकिएको हो ।
फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बुका अलवा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय देख्न सकिन्छ ।
कास्कीको पोखरा नजिकै पर्ने कास्कीकोट गाउँ र आसपास छायाङ्कन गरिएको फिल्म विकास सुवेदीले लेखेका छन् । संगीतकार सुवास भुसालको निर्माण रहेको फिल्ममा भुसाल आफैले सङ्गीत दिएका छन् ।