फिल्मी फण्डा । कमेडियन बिक्की अग्रवालले नयाँ टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ ल्याउने भएका छन् । यसअघि ‘आम्मा कसम याँ दुख्छ’ ल्याएका उनले सोमबार नयाँ शोको घोषणा गरेका हुन् ।
अहिले शोको सेट र कलाकारको टिम छनोट प्रक्रियामा छ । अभिनेता विजय बराल शोमा अनुबन्धित भएका छन् । सोमबार नै यी दुईबीच लिखित सम्झौता भएको छ । कार्यक्रम पारिवारिक कमेडीमैत्री हुने जनाइएको छ । शोलाई बिक्की र श्रद्धा प्रसाईंले निर्देशन गर्नेछन् ।