फिल्मी फण्डा । प्रदीप शाहीले निर्देशन गर्न लागेको नयाँ फिल्ममा प्रदीप खड्का र बेनिशा हमालले जोडी बाँध्ने भएका छन् । यो फिल्मको हिरोइनमा बेनिशा अनुबन्धित भएकी हुन् ।
अभिनेता खड्कासँग हमालले पहिलोपटक स्क्रिन सेयर गर्न लागेकी हुन् । शाही प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्सायर एकाउन्टेनको सहकार्य हुनेछ ।
फिल्मका अन्य कलाकार र प्राविधिक तय हुन बाँकी रहेको जनाइएको छ । शाहीको अघिल्लो फिल्म ‘अन्तिम संस्कार’ गतवर्ष नेपालमा रिलिज भएको थियो । यो फिल्ममा परम्परागत रहस्यका तत्व पनि समावेश हुने जनाइएको छ ।