फिल्मी फण्डा । शङ्कर कार्कीले निर्देशन गर्न लागेको फिल्म ‘सिड्नी ब्लुज’मा अभिनेता पुष्प खड्का र अञ्जना बराइलीले जोडी बाँध्ने भएका छन । फिल्ममा पुष्प र अञ्जनासँगै रवीन्द्र झा, शिव आर ठकुरी लगायतको समेत अभिनय रहने पक्का भएको हो ।
आगामी जुनमा छायाङ्कनको लक्ष्य रहेको यस फिल्मको ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा छायांकन हुने फिल्ममा ‘मिनेचर सेट’ र ‘प्रोस्थेटिक मेकअप’को प्रयोग हुने बताइएको छ ।
शिव आर ठकुरीको कथा, किरण घिमिरे (माइकल)को पट्कथा रहेको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन छ । फिल्मका निर्माण व्यवस्थापक प्रकाश हमाल र निर्माता आरती शाही हुन् ।