फिल्मी फण्डा । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड फिल्ममा डेब्यु गर्ने भएका छन् । ऋषिराज आचार्यको निर्देशन रहने फिल्म ‘द्रौपदी’बाट उनले अभिनेताको रुपमा डेब्यु गर्ने भएका हुन् । ओडको फिल्ममा सङ्गीत समेत रहनेछ ।
बिहीबार फिल्मको छायाङ्कन डोल्पाबाट सुरु भएको छ । अन्तर्राष्ट्रिय बजारलाई मध्यनजर गरेर फिल्म निर्माण हुन लागेको हो ।
फिल्ममा रविको अलावा आश्विनी शाही, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगायतका कलाकारको अभिनय रहने छ । फिल्मको सम्पूर्ण छायाङ्कन डोल्पामै गरिनेछ ।