फिल्मी फण्डा । अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीले एउटै कार्यक्रममा अवार्ड थापेका छन् । पल र समीक्षा एउटै कार्यक्रममा उपस्थित भएपनि एक अर्कोसँग भेटघाट र बोलचाल भने गरेनन् ।
बिहीबार जमलस्थित राष्ट्रिय नाचघरमा बाँडिएको १४औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड थापेका हुन् । उक्त अवसरमा उनले ‘पोखरा बगरमा’ बोलको गीतबाट लोक दोहोरी गायिका जुरी अवार्ड थापिन् । पलले ‘तिमी र म जामजाम’ बोलको गीतबाट बेष्ट पपुलर अवार्ड म्युजिक भिडियो मोडल प्राप्त गरे ।
यस्तो छ अवार्ड पाउनेको नाम लिस्टः
सर्वोत्कृष्ट महिला गीतकार (सुगम सङ्गीत)
नभए यदि भर — राधिका अधिकारी
महिला गीतकार सुगम सङ्गीत जुरी अवार्ड
एक चिम्टी सिन्दूर — सविता पोखरेल
सर्वोत्कृष्ट गीत
जालि माया — विष्णु भण्डारी
सर्वोत्कृष्ट गायन सुगम सङ्गीत (पुरुष)
प्रेमको प्रस्ताव — निशान भट्टराई
सर्वोत्कृष्ट गायन सुगम सङ्गीत (महिला)
तिम्रो यादैमा — काव्य आचार्य
सर्वोत्कृष्ट गायन सुगम सङ्गीत (महिला) जुरी अवार्ड
एकोहोरो माया – बेनिशा पौडेल
सर्वोत्कृष्ट सङ्गीत (सुगम सङ्गीत)
जान्दिन हे प्रियतम — विविअनुरागी
सर्वोत्कृष्ट रचना सुगम सङ्गीत
सँगसँगै बाचौला — सत्यराज चौलागाई
सर्वोत्कृष्ट एरेञ्जर ९सङ्गीत संयोजन०
सुदिप सागर — सकम्बरी
सर्वोत्कृष्ट पप गायन
टंक तिमिल्सिना — मेरी चम्पा
सर्वोत्कृष्ट युगल गायन
रमेश राज भट्टराई र रचना रिमाल — (बिदाइ भन साइला २)
सर्वोत्कृष्ट लोक दोहोरी गायक
रामचन्द्र चन्द — घाटी रेट्नेलाई
सर्वोत्कृष्ट लोक दोहोरी गायिका
जुना श्रीष मगर— पानी खोलीको
लोक दोहोरी गायिका जुरी अवार्ड
समीक्षा अधिकारी – पोखरा बगरमा
सर्वोत्कृष्ट लोक दोहोरी भाका
रमेश परियार— वनमा खयर
सर्वोत्कृष्ट लोक दोहोरी गीत
कृष्ण भारद्वाज — डम्बर कुमारी
सर्वोत्कृष्ट मोडल जोडि पप तथा आधुनिक भिडियो
पत्थरको मुटु २ — विजय पुन र गीता ढुंगाना
सर्वोत्कृष्ट राष्ट्रिय भावना ओतप्रोत गीत
बाबुराम श्रेष्ठ– वीर नेपाली सेना
सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन लोक दोहोरी
मौसम हिमाली — रिमै
म्युजिक भिडियो निर्देशन लोक दोहोरी जुरी अवार्ड
काजिश श्रेष्ठ – तिमी र म जाम माया
सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन सुगम सङ्गीत
शिशिर खाती – जुम्ला
सर्वोत्कृष्ट छायाँकार म्युजिक भिडियो
नवराज उप्रेती — सकम्बरी
सर्वोत्कृष्ट सम्पादन म्युजिक भिडियो
मनोज कार्की — जुम्ला
सम्पादन म्युजिक भिडियो जुरी अवार्ड
दिपक विष्ट — तिमी र म जाम माया
सर्वोत्कृष्ट नवप्रतिभा दोहोरी
डोलराज परियार — कमली
सर्वोत्कृष्ट नवप्रतिभा पप तथा आधुनिक
चेतन गोतामे – को आफ्नो हो को पराई
सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल लोक तथा दोहोरी
अनु पराजुली र दिक्पाल कार्की — ओ राजै
म्युजिक भिडियो मोडल लोक तथा दोहोरी जुरी अवार्ड
संचिता शाही — मायाले फसायो
म्युजिक भिडियो मोडल लोक तथा दोहोरी पब्लिक च्वाइस अवार्ड
एलिना रायमाझी– फुलमा रस छ की
बेष्ट पपुलर अवार्ड म्युजिक भिडियो मोडल
पल शाह — तिमी र म जाम माया
विन्ध्यवासिनी अन्तर्राष्ट्रिय संगीतकर्मी सम्मान
दिपक अर्याल — जापान