आजबाट पाँच दिनसम्म चल्ने सातौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सुरु

फिल्मी फण्डा । आजबाट सातौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) सुरु भएको छ । काठमाडौँको सुन्धारास्थित सिभिल मलको क्युएफएक्स हलमा आयोजित एक भव्य कार्यक्रमका बिच उद्घाटनसहित महोत्सव सुरु भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा प्रमुख अतिथि र चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी विशेष अतिथि रहेको कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी नीर शाह, तुलसी घिमिरे, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, पहिलो रंगिन चलचित्रकी नायिका चैतदेवी सिंह लगायतका थुप्रै कलाकर्मीको उपस्थिति रहेको कार्यक्रममा आयोजक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले कार्यक्रम उद्घाटनको क्ल्याप पड्काए ।

अगामी ५ गतेसम्म चल्ने महोत्सवमा यो वर्ष ४० देशका ८८ वटा फिल्म देखाइँदै छ । विश्वका विभिन्न कुनामा बनेका ६० देशबाट ५०० भन्दा बढी चलचित्र महोत्सवका लागि प्राप्त भएपनि आयोजकले ८८ मात्र छानेको हो ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech