हरिवंश आचार्यको नयाँ गीत  ‘मुटु फस्या छ’मा प्रियंका कार्की र अन्जली अधिकारी

फिल्मी फण्डा । कलाकार तथा गायक हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको  छ । देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्या छ’ बोलको गीत ल्याएका हुन् ।

आचार्यकै शब्द र संगीत रहेको यो गीतमा समीक्षा अधिकारीको समेत स्वर दिएकी छन् । गीतको भिडियोमा  हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अन्जली अधिकारीले अभिनय छ । 

श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो सम्पादन भूपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गरेका हुन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech