आजबाट ५९ वर्ष पुगे आमिर खान

फिल्मी फण्डा । बलिउडका  अभिनेता आमिर खान आज आफ्नो ५९ औँ जन्मदिन सेलिब्रेसन गर्दैछन् । ८ वर्षको उमेरबाट अभिनय सुरु गरेका उनले ३० वर्षको फिल्मी करियरमा ४८ फिल्म दिएका छन् । जसमा धेरै हिट छन् ।

२०१६ मा आएको उनको फिल्म ‘दंगल’ अहिले पनि हिन्दी भाषाको सबैभन्दा धेरै कमाउने फिल्ममा पर्छ । भारतको शीर्ष दश फिल्म सार्वजनिक गर्ने हो भने ३ फिल्म आमिरको पर्छ ।

आमिरले अहिलेको सफलता सजिलै प्राप्त गरेका होइनन् । उनले थुप्रै संघर्ष गरेका छन् । उनका बाबु ताहिर हुसैन फिल्म निर्माता थिए । ब्याक टु ब्याक फिल्म फ्लप भएका कारण उनी नराम्रोसँग डुबेका थिए । त्यसैले आमिरलाई यो क्षेत्रमा उनी ल्याउन चाहँदैन थिए । तर आमिरले बाबुसँग विद्रोह गर्दै फिल्म अभिनयमा होमिए । हिन्दी फिल्मको प्रेमकथामा नयाँ उडान उनले दिएको बताइन्छ ।

आमिरले आफ्नो मिहिनेतले फिल्ममा पहिचान बनाएका हुन् । कहिले फिल्मको प्रमोसनमा लागि सडकमा घुमेर पोस्टर समेत टाँस्ने उनी कहिले एक सिन अभिनयका लागि १२ दिनसम्म नुहाउँदैन थिए ।

१४ मार्च १९६५ मा मुम्बईमा जन्मिएका उनी ४ भाइ बहिनीमा सबैभन्दा जेठा हुन् । उनी स्वतन्त्रताको सेनानी मौलाना आजादको वंशद हुन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech