‘लण्डन टू पेरिस’को फस्टलुकमा साम्राज्ञी र निश्चलको रोमान्टिक अवतार 

फिल्मी फण्डा ।  फिल्म ‘लण्डन टू पेरिस’ प्रदर्शनमा  आउने भएको छ । लामो समयदेखि छायांकन नसकिएर ओझेलमा परेको यो फिल्म जेठको २५ गते आउने भएको  हो । 

यो फिल्मको सार्वजनिक फस्टलुकमा नायक साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक निश्चल खड्कालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । यो फिल्ममा कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीको मुख्य भूमिका छ ।

एबी इन्टरनेशनलको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद छ । अमित बस्नेतले निर्माण गरेको यो फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी रानाको लगानी छ । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको यो फिल्मले ट्राभल लभ स्टोरीको कथा भन्छ । फिल्मका कार्यकारी निर्माता अंकित गौतम हुन् ।

फिल्ममा अभेद परवको डीओपी, हर्कुलस बस्नेत, एसडी योगी, वियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेश फर्नान्डेजको कोरियोग्राफी छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech