सलमान खानलाई लिएर ‘गजनी’ निर्देशक आर मुरुगादासले घोषणा गरे नयाँ फिल्म

फिल्मी फण्डा । सलमान खानले मंगलबार सामाजिक सञ्जालबाट नयाँ फिल्मको घोषणा गरेका छन् । आफ्नो महत्वाकांक्षी प्रोजेक्टका लागि सलमानले निर्देशक आर मुरुगादास र निर्माता साजिद नाडियावालासँग सहकार्य गर्दैछन् ।

यो फिल्मलाई सन् २०२५ को ईदमा ल्याउने उनको तयारी छ । नाडियाडवालासँग सलमानको यो सहकार्य पहिलोपटक भने होइन । उनीहरुले एकसाथ जुडवा, मुझे शादी करोगी, किक जस्ता सुपरहिट फिल्म दिएका छन् ।

तमिल फिल्म निर्देशक आर मुरुगादास गजनी, होलिडेः ए सोल्जर इज नेभर अफ ड्युटीसहित हिट फिल्मले चर्चामा छन् । मुरुगादासले आफ्नो पहिलो हिन्दी फिल्म ‘गजनी’बाट भारतीय बक्स अफिसमा १०० करोड भारु कमाए । नाडियाडवालाले सलमानसँग बनाएको ‘किक’ले २०० भारु करोड कमाएको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech