र्‍यापरहरुलाई सरकारले कुनै सहयोग नगरेको भन्दै र्‍यापर जिबबको गुनासो 

फिल्मी फण्डा । चर्चित र्‍यापर जिबबले सरकारले नेपाली र्‍यापर कलाकारलाई कुनै सहयोग नगरेको गुनासो गरेका छन् । जीतपुर सिमरा महोत्सवमा सहभागी हुन बुधवार सिमरा आएका र्‍यापर गायक जिबबले सरकारले र्‍यापरहरुका लागि अहिलेसम्म केही नगरेको गुनासो गरेका हुन् । 

‘जे गरेका छौं हामी आफैँले गरेका हौं, यहाँसम्म हामी आफैँ आएको हो सरकारले र्‍यापरहरुलाई अहिलेसम्म केही गरेको छैन’, जिबबले भने ‘कला क्षेत्रलाई माथि उठाउने हो भने सरकारले र्‍याप  स्कुल खोल्नुपर्‍यो, त्यहाँनिर हाम्रा आइडल कलाकारहरुको मूर्ति बनाएर सम्मान गर्नुपर्छ’

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech