प्रेग्नेन्सी फोटोसुट’पछि ‘ सामाजिक सन्जालमा सलोन–करिश्माको चर्चा

फिल्मी फण्डा । अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा ‘पेरेन्टहुड’ सेलिब्रेसन गरिरहेका छन् । चिकित्सकले वैशाख २७ गतेलाई डेलिभरी डेट तोकेको उनीहरुले बुधबार  ‘प्रेग्नेन्सी’ फोटोसुट पनि गरे ।

यी रोमान्टिक तस्वीरमा करिश्माको ‘बेबी बम्प’ देख्न सकिन्छ । जिन्स पहिरनमा यी दुई जोडी रोमान्टिक र कुल देखिएका छन् । फोटो सेयर गर्दै सलोन लेख्छन्, ‘नयाँ अध्याय सुरु ।’

गत मंसिर १२ गते प्रेग्नेन्सी घोषणा गर्दै सलोन र करिश्माले हुनेवाला बच्चाको नाम ‘सलोमा’ राखेको जनाएका थिए । प्रेगनेन्सीको भिडियो एक्सरे रिपोर्ट पनि उनीहरुले सार्वजनिक गरेका थिए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech