सौगात र विपिनको मुख्य भूमिका रहेको फिल्म ‘द रेड सुटकेस’ चैत ३० मा रिलिज हुने

फिल्मी फण्डा । अभिनेता सौगात मल्ल र विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘द रेड सुटकेस’ चैत ३० मा रिलिज हुने भएको छ । फिल्म ‘द रेड सुटकेस’ नयाँ वर्ष २०८१ को अवसर पारेर  सार्वजनिक प्रदर्शनमा आउन लागेको हो । 

फिडेल देवकोटा निर्देशित फिल्मको सार्वजनिक फस्ट लुक्समा फिल्मका अभिनेताद्धय सौगात मल्ल, विपिन कार्की र अभिनेत्री सृष्टि श्रेष्ठलाई प्रस्तुत गरिएको छ । यो चलचित्रमा यी तीन कलाकारसँगै प्रविन खतिवडा पनि मुख्य भूमिकामा छन् । 

श्रीलंकामा प्राविधिक काम गरिएको द रेड सुटकेसमा रामकृष्ण पोखरेल, शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह–निर्माताको रुपमा रहेका छन् । सुशन प्रजापतिको छायांकन रहेको यो चलचित्रलाई समन अलभितिगाले सम्पादन गरेका छन् । 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech