सृष्टि श्रेष्ठ र नाजिर हुसेनको फिल्म  ‘केटी हराएको सूचना’ छायाङ्कनका गर्न पुग्यो जनकपुर

फिल्मी फण्डा । दीपेन्द्र गौचनको निर्देशक रहेको फिल्म छायाङ्कनका लागि जनकपुर पुगेको छ । अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म काठमाडौँबाट छायाङ्कन सकेर बाँकी छायाङ्कन सकाउन जनकपुर पुगेको हो ।

ट्राइ–सिटी पिक्चसको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा नकिम उद्दिनले निर्माण गर्न लागेका हुन् । उनले यस अगाडि ‘म्यान फ्रम काठमाण्डू’ निर्माण गरेका थिए ।  

फिल्ममा सृष्टि र नाजिरको अलावा स्थानीय कलाकारको समेत अभिनय रहनेछ । ३० दिनको सेडुलसहित छायाङ्कनमा निस्किएको फिल्मको रिलिज सन् २०२४ बताइएको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech