फिल्मी फण्डा । फिल्म ‘जवान’को सफलतापछि तमिल फिल्म निर्देशक एटली कुमार करियरको उत्कृष्ट फेजमा छन् । अभिनेता शाहरुख खानलाई उनको करियरको ‘टप ग्रसर’ फिल्म दिएपछि एटली हलिउड अल्लू अर्जुनका साथ नयाँ फिल्मको तयारी गरिरहेका छन् ।
फिल्मका लागि एटलीले निर्मातासँग निकै मोटो पारिश्रमिक मागेका छन् । उनले झन्डै ६० करोड रुपैयाँ पारिश्रमिक मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो पारिश्रमिक कुनै पनि फिल्मलाई दिइने पारिश्रमिकको तुलनामा धेरै हो । तर एटलीको फिल्मको व्यापार तथ्यांकलाई हेर्दा पारिश्रमिकलाई सन्तोषजनक भनेका छन् ।