फिल्मी फण्डा । फिल्म ‘बद्री बहादुर’ को गीत ‘पुलिस दाइ’ सार्वजनिक भएको छ । निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको गित सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा अभिनेत्री पूजा शर्मा, अभिनेता सलोन बस्नेत, जयकिसन बस्नेत, राजिव बस्नेत र छुल्ठिम गुरुङको अभिनय छ । पूजा र सलोन फिल्मको यही गीतमा मात्रै देखिनेछन् । उनीहरुले फिल्ममा विशेष भूमिका निर्वाह गरेका छन् ।
शिवम् अधिकारीको शब्द, टंक बुढाथोकीको संगीत तथा संगीतकार बुढाथोकी र मिलन नेवारको स्वर रहेको गीतमा शिव विकको कोरियोग्राफी छ । गीतमा विनोद सापकोटाको छायांकन रहेको छ । फिल्म ‘बद्री बहादुर’ आगामी चैत्र २३ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा हुन् ।
शोभित बस्नेत निर्देशित फिल्ममा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका रहेको फिल्ममा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक बस्नेत स्वयंको अभिनय छ ।