नेपाल चलचित्र निर्देशक समाजले विभिन्न फिल्मकर्मीलाई गर्यो सम्मान

फिल्मी फण्डा । नेपाल चलचित्र निर्देशक समाजले विभिन्न फिल्मकर्मीलाई सम्मान गरेको छ । १६ औँ वार्षिक साधारण सभाको अवसर पारेर आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्मान गरेको हो । 

कार्यक्रममा गीतकार तथा फिल्म निर्देशक यादव खरेललाई ‘दीर्घ साधना सम्मान २०८०’ बाट सम्मान गरिएको थियो । निर्देशक खरेल स्वास्थ्यका कारण कार्यक्रममा अनुपस्थित भएपछि उनका प्रतिनिधिलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यस्तै नेपालको पहिलो रंगीन फिल्म ‘कुमारी’का निर्देशक प्रेमबहादुर बस्न्यातलाई ‘हिरासिंह खत्री स्मृति सम्मान २०८०’ बाट सम्मान दिइयो । समाजले निर्देशक आकाश अधिकारी, दिनेश डिसी र सम्झना उप्रेती रौनियारलाई ‘स्रष्टा सर्जक सम्मान २०८०’बाट सम्मान गरेको थियो।

यसैगरी निर्देशक रामबाबु गुरुङलाई फिल्म ‘कबड्डी कबड्डी ४’ बाट ‘डिरेक्टर अफ द इयर २०७९ (कमर्सियल­)’ र सुजीत बिडारीलाई फिल्म ‘ऐना झ्यालका पुतली’बाट ‘डिरेक्टर अफ द इयर २०७९ (क्रिटिक)’ विधामा सम्मान गरियो । उनीहरूलाई अभिनेता राजेश हमालले सम्मान गरेका थिए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech