फिल्मी फण्डा । नेकपा माओवादी केन्द्र का सांसद एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबिच किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको हो ।
गीतको म्युजिक कम्पोजर शान्तिराम राई हुन् भने लेखक सुदन किराती र गायक, कनकाइस्ट राई हुन । गितमा आर्यन सिग्देल र मल्लिका महतको अभिनय रहेको छ । सांसद किराँतीले आफ्नो जन्म महिनाको अवसर पारेर गीत विमोचन गरेको बताए । उनले जन्मदिनमा केही नयाँ गरौँ भनेर गीत विमोचन गरेको बताए ।