फिल्मी फण्डा । आजबाट ‘उपहार, रङ्गेली र काँडेतार’ हलमा रिलिज भएका छन् । यी तीन फिल्म एकसाथ रिलिज हुँदा कसले कति व्यापार गर्ला सबैको चासोको विषय बनेको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।
यस्तै, अर्जुन सुवेदीको डेब्यू निर्देशनमा तयार भएको चलचित्र ‘रङ्गेली’ पनि आजबाट हलमा लागेको छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा लगायतका कलाकारको अभिनय छ ।
नवल खड्काको निर्माण, निर्देशन तथा अभिनयमा तयार भएको चलचित्र ‘काँडेतार’ पनि आजबाट हलमा लागेको छ । यो चलचित्रमा नवल खड्काको साथमा गौरव पहारी, रेबिका गुरुङ, सुरबिना कार्की लगायतको अभिनय छ ।
यी तीनै वटा फिल्मका निमार्णपक्षले फिल्मबाट उच्च अपेक्षा राखेका छन । कुन फिल्मले कस्तो व्यापार गर्छ ? त्यो भने समयले बताउने नै छ ।