फिल्मी फण्डा । कन्नड सुपरस्टार यश रणवीर कपूरको फिल्म ‘रामायण’मा देखिने भएका छन् । फिल्ममा उनी रावणको भूमिकामा देखिँदै छन् । हालसम्म आधिकारिक रूपमा उनको चरित्रको घोषणा नगरिए पनि उनी फिल्ममा अनुबन्धित भइसकेका छन् ।
यो फिल्मका लागि उनले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । फिल्मका लागि उनले आफूले लिँदै आएको पारिश्रमिकमा अधिकतम प्रतिशत बढाएका हुन् । फिल्म ‘रामायण’का लागि उनले १ सय ५० करोड पारिश्रमिक लिएका छन् । तीन भागमा निर्माण हुने फिल्मलाई उनले प्रति फिल्म ५० करोड पारिश्रमिक लिएका हुन् । यो पारिश्रमिक उनको पछिल्लो ब्लकबस्टर फिल्म ‘केजीएफ’ सिरिज भन्दा पनि बढी हो । उनले ‘केजीएफ’का लागि ३० करोड पारिश्रमिक लिएका थिए ।
उता फिल्ममा राम चरित्रमा देखिन लागेका अभिनेता रणवीर कपूरले फिल्मका लागि ७५ करोड पारिश्रमिक लिएका छन् । तर यो पारिश्रमिक तीन भागका लागि हो या एक फिल्मका लागि हो भन्ने निश्चित भइसकेको छैन ।
रणवीर कपूर र साईं पल्लवीको अभिनय रहने यो फिल्म करिब ५ सय करोड रुपैयाँमा निर्माण हुँदै छ ।