वैशाख दोस्रो सातादेखि ‘छक्कापञ्जा ५’ को पोखरामा छायांकन हुँदै, मुख्य भूमिकामा दिपक र केदार निश्चित

फिल्मी फण्डा । अभिनेता, लेखक तथा निर्माता दीपकराज गिरीले वैशाख दोस्रो सातादेखि फिल्म  ‘छक्कापञ्जा ५’ को छायांकन  हुने बताएका छन् । उनले फिल्मी फण्डासँग कुरा गर्दै पोखरा आसपासबाट छायाँकन हुने बताएका हुन ।  दीपाश्री निरौलाले निर्देशन गर्ने यो फिल्मको प्रदर्शन मिति आगामी दशैंलाई तोकिएको छ ।

 यतिबेला दीपक स्वयंले स्क्रिप्ट लेखिरहेका छन् । चैत मध्यतिर स्क्रिप्टलाई सक्ने उनी बताउँछन ।  दीपक र केदार घिमिरे ‘माग्नेबुढा’  ‘छक्कापञ्जा ५’ को कलाकारका रुपमा निश्चित भएका छन भने अन्य कलाकारको टुंगो लाग्न बाँकी छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech