स्वस्तिमाले निमार्ण गर्ने फिल्म  ‘बेहुली फ्रम मेघौली’को चितवनमा छायाङ्कन सुरु

फिल्मी फण्डा । फिल्म ‘बेहुली फ्रम मेघौली’को छायाङ्कन सुरु भएको छ । बुधबार चितवनस्थित मेघौली गाउँको एक मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो । 

अभिनेत्री स्वस्तिमा खड्काले निर्माण गर्न लागेको फिल्म साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन गर्न लागेका हुन् । निर्माणमा अभिनेत्री खड्कालाई उनका पति निर्देशक निश्चल बस्नेतले सघाएका छन् ।

स्वस्तिमा र निश्चलको मुख्य अभिनय रहने फिल्ममा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको पनि फिल्ममा अभिनय रहनेछ । फिल्मको कार्यकारी निर्माता शंकर पाण्डे र फिरोज खड्का हुन् ।

ब्याक हर्स पिक्चर्स र मघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा आकाश र साजनको संयुक्त लेखन छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech