रमित ढुङ्गानाको निर्देशन रहेको फिल्म  ‘नमेटिने घाउ’को छायाङ्कन चन्द्रनिगाहपुरमा

फिल्मी फण्डा । रमित ढुङ्गानाको निर्देशन रहेको फिल्म  ‘नमेटिने घाउ’को चन्द्रनिगाहपुरमा छायाङ्कनका सुरु भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली र सांसद ज्ञानेन्द्र शाहीको समेत अभिनय रहने बताइएको फिल्म ‘नमेटिने घाउ’ छायाङ्कनका लागि चन्द्रनिगाहपुर पुगेको हो । 

गत १४ गते पोखरबाट छायाङ्कन सुरु भएको फिल्म वीरगन्जको केही दिनको छायाङ्कनपछि अहिले चन्द्रनिगाहपुर पुगेको हो । अब १५ दिन फिल्म चन्द्रनिगाहपुरको बुढीमेला भन्ने गाउँमा छायाङ्कन हुनेछ ।

तेजाब आक्रमणमा परेकी वीरगन्जकी मुस्कान खातुनको जीवनीमा आधारित रहेर निर्माण हुन लागेको फिल्मका निर्माण नियन्त्रक भोला सुवेदी हुन् । शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको फिल्ममा ५ जना तेजाब आक्रमणमा परेकाहरूको कथालाई समावेश गरिएको छ ।

सुरवीर पण्डित, रचना गौतम, रामचन्द्र अधिकारी, सिम्रन खड्का, प्रभात ठकुरी लगायतको कलाकारको मुख्य भूमिका रहने फिल्मका छायाकार नीरज कँडेल हुन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech