दीपेन्द्र के खनालको फिल्म ‘मेयर’मा ऋचा शर्मा 

फिल्मी फण्डा । अभिनेत्री ऋचा शर्मा फिल्म ‘मेयर’मा जोडिएकी छन् । मंगलबारदेखि उनी फिल्मसँग आबद्ध भएकी हुन । 

फिल्ममा उनको भूमिकाबारे खुलाइएको छैन ।  ऋचाले निर्देशक खनालको फिल्म पहिलो पटक अभिनय गर्न लागेकी हुन् । ‘मेयर’को मुख्य अभिनेतामा खगेन्द्र लामिछाने र अभिनेत्रीमा वर्षा राउत छन् ।

फिल्म सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवन संघर्षमा आधारित रहेर निर्माण हुन थालेको हो । हरिहर शर्मा, अनुप बराल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, रवीन्द्र झा, दिव्यदेव, आशान्त शर्मा, सञ्जोग रसाइली लगायतको पनि अभिनय रहने फिल्म एक सातादेखि सर्लाहीको बागमतीमा छायांकन भइरहेको छ ।

फिल्मबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech