फिल्मी फण्डा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फिल्म ‘सतीदेवी’ हेर्ने मन भएको बताएकी छन् । उनले सोही फिल्म तर्फ लक्षित गर्दै नेपालमा यस प्रकारका मौलिक र यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने समेत बताईन ।
मन्त्री शर्मा र ‘सतीदेवी’ का लेखक, निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीबीच गत बुधबार मन्त्रीकै कार्यकक्ष सिंहदरवारमा भेट भएको थियो ।
शर्माले ‘सतीदेवी’ नारी प्रधान मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई हेर्न रुचि लागेको बताइन् । भेटघाटमा निर्देशक सुवेदीले मन्त्री शर्मालाई आफ्नो चलचित्रको विषयवस्तुको बारेमा विस्तृतमा व्याख्या गरेका थिए ।
‘दिलासा क्रियसन’ले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको चलचित्रमा मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, केसर अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् ।